सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्ड बीच सम्झौता

धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्ड बीच सम्झौता

६ फाल्गुन, काठमाडौं ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा चलचित्र छायाङ्कन स्टुडियो निर्माण हुने भएको छ।  हिजो धुलिखेल नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा चलचित्र छायाङ्कन स्टुडियोका लागि जग्गा उपलब्ध गराउने सम्बन्धमा धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्ड बीच सम्झौता भएको हो।

 

सम्झौतामा लचित्र विकास बोर्डको तर्फबाट अध्यक्ष दिनेशराज दाहाल र धुलिखेल नगरपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार धुलिखेल नगरपालिका वडा नं ८ स्थित कटुवापाखा, बडाल गाँउमा रहेको करिब १३०० रोपनी (६८ हेक्टर) सरकारी जग्गा चलचित्र छायाङ्कन स्टुडियो निर्माण गरी सञ्चालनका लागि चलचित्र विकास बोर्डलाई भोगाधिकार उपलब्ध गराउन धुलिखेल नगरपालिकाले सहमति दिने र भोगाधिकारको प्रक्रिया अगाडि बढाउने छ। चलचित्र विकास बोर्ड तथा धुलिखेल नगरपालिका दुवै पक्षको तर्फबाट सो जग्गाको भोगाधिकार लिने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाई विभिन्न निकायमा आवश्यक समन्वय र सहजीकरणका लागि पहल गरिने छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend