शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अध्यक्षमा भवानी दाहाल, बरिष्ठ उपाध्यक्षमा गौतम, साह र महासचिवमा अधिकारी

अध्यक्षमा भवानी दाहाल, बरिष्ठ उपाध्यक्षमा गौतम, साह र महासचिवमा अधिकारी

 

३ फागुन, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चुनिनु भएको छ ।  अध्यक्ष पदमा दाहाल र रेवन्त गौतमले दाबी गर्नु भएको थियो ।

 

भवानी दाहाल अध्यक्ष र रेवन्त गौतम, प्रभास साहलाई बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको संगठनका कोषाध्यक्ष गणेश आर्चायले जानकारी दिनु भयो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाउनु भएको छ । आचार्यका अनुसार शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।

यसैगरी  अन्य केन्द्रीय उपाध्यक्षहरूमा कृष्णबहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी , कमला दाहाल रहेका छन् ।  साथै  उपमहासचिवमा वामदेव ओली र सूर्य कुवँर तथा कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्विरोध निर्वाचित हुनु भएको छ ।

 

गौतम पक्षले निर्वाचनबाट र दाहाल पक्षले सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग राख्दै आउनु भएको थियो । तर अन्त्यमा सर्बसहतीवाट आज दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको हो ।

 

निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो । माघ ३० गते राष्ट्रिय सभागृहमा उदघाटन गरिएको महाधिवेशन फागुन १ गतेसम्म चल्ने पूर्वतालिका रहे पनि आज फागुन ३ गते मात्र नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।नेपाल निजामती कर्मचारी संगठन नेकपा एमाले निकट  भातृ  संगठन हो ।

 

 

यसैगरी वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास शाह, अन्य केन्द्रीय उपाध्यक्षहरूमा कृष्णबहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी , कमला दाहाल रहेका छन् ।

साथै महासचिवमा रामचन्द्र  अधिकारी, उपमहासचिवमा वामदेव ओली र सूर्य कुवँर तथा कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend