शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन सुरु, अध्यक्षमा तिन जनाको दाबी

आजदेखि नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन सुरु, अध्यक्षमा तिन जनाको दाबी

३० माघ, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे महाधिवेशन उद्घाटन गर्नुहुने छ । उद्घाटन पछि आजैबाट बन्दसत्र सुरु हुने र विभिन्न प्रतिवेदनहरु पास गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुने छ ।

 

यो अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदमा रेवन्त गौतम, भवानी न्यौपाने दाहाल र प्रभास साह प्रमुख दाबेदार हुनुहुन्छ ।  दाहाल, गौतम र साह तिनै जना हाल संगठनका उपाध्यक्ष हुनुहुन्छ ।  यो नेकपा एमाले निकट कर्मचारी संगठन हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend