फाइल तस्बिर
खबरब्रेकिंग,काठमाडौं, फागुन १३। आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा सांगठनिक अभियान र कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जले रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend