खबरब्रेकिंग,काठमाडौं, फागुन १३। नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यलाई आज प्रशिक्षण दिँदै छ । कांग्रेसले बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यलाई प्रशिक्षण दिन लागेको हो ।
सांसदसँग अन्र्तक्रियाका लागि सबै सदस्यलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालय सिंहदरबार बोलाइएको छ । गत माघमा भएको निर्वाचनमा कांग्रेसका १० जना उम्मेद्वार निर्वाचित भएसँगै राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद छन् । राष्ट्रिय सभामा १६ सांसदसहित कांग्रेस दोस्रो ठूलो दल बनेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend