सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दादुरा-रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

दादुरा-रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

खबरब्रेकिंग,काठमाडौं, फागुन १३। दादुरा-रुबेलाविरुद्धको खोप अभियान आजदेखि देशभर सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ ।

दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend