खबरब्रेकिंग, काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा माग गरेको छ । एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको हो ।
संसद बैठकमा एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा ज्वाल, टेरामेक्समा बस्नेत र रामग्रामको लिज प्रकरणमा मन्न्त्री किराँतीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
‘नेपाली युवा श्रमको लागि कोरिया जानु बाध्यता छ । ईपीएस फर्म भर्ने सिलसिलामा सरकार र सम्बन्धित विभागको लापरबाहीले घटान हुन पुगेको छ । सरकारका मन्त्री झण्डा हल्लाउँदै त्यो बाटो जानुहुन्छ । उत्तेजित बनाउने । मन्त्री जाने बाटो सुरक्षा अंगले हेर्ने कुरा हो । सबै जानकारी हुँदा त्यही बाटो हिँड्न उत्तेजित बनाउने । भौतिक पूर्वाधारमन्त्रीको लापरबाहीले हो,’ उनले भने ।
दुई युवाको हत्या भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताए । आयोगको प्रतिवेदन संसदमा टेबल गर्न र जानकारी गराउन प्रधानमन्त्रीलाई उनले आग्रह गरे । तत्कालील सञ्चारमन्त्री हालका स्वास्थ्यमन्त्रीलाई अख्तियारले टेरामेक्स प्रकरणमा बयान लिएकाले बहालमा रहने स्वकीकार्य नहुने उनले बताए । रामग्रामको ठेक्का दिने पर्यटनमन्त्री पनि पदमा बस्ने नहुने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend