सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल देशले के पायो नेपाली नागरिकले के पाए ?

नेपाल देशले के पायो नेपाली नागरिकले के पाए ?

भक्त केसी,
खबरब्रेकिंग, काठमाडौँ, फागुन ८ । सबाल एउटै छ नेपाल देशले के पायो नेपाली नागरिकले के पाए ? मानव विकासमा ह्रास आए पनि देश आर्थिक रूपमा अगाडि बढ्न सक्छ । नागरिकले आफ्नो जिम्मेवारी बुझे मात्रै देशको विकास हुन्छ । नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको २००७ सालको त्यो क्रान्तिदेखि २०७२ सालको यो थरुहट आन्दोलनसम्मका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा विद्रोहमा एउटै समानता छ, सबाल एउटै छ नेपाल देशले के पायो नेपाली नागरिकले के पाए ? प्रजातन्त्र, प्रजातान्त्रिक आन्दोलन, राजनैतिक दलहरु, सशस्त्र संघर्ष, लोकतन्त्र, संविधान । उद्देश्य १२ बुदेमा पुग्यो राजा हटाउनु असबैधानिक थियो।

-१२ बुदेको धारामा गणतन्त्र कहिँ लेखिएको छैन, संबिधान सभाको सदस्य नै नभएको कांग्रेसका नेता ‘कृष्ण प्रसाद सिटौला’ लाइ दण्डित गरी कारबाही गर्नुपर्छ, भनेर धेरै बिज्ञ बोलेका बोलेइ छन् र कानुन ब्यबसायीको भनाइ छ। २००७ पछिका सात दशक आन्दोलन कसरी बने सत्ता चढ्ने भर्‍याङ ?, अबको नेपालको आन्दोलन , राजनीतिक दलहरूको शिक्षा, राजनीति पेसाको आफ्नो पेसागत कर्तव्य, जिमेवारी, आचरण, व्यवहार र पेसागत धर्म हुन्छ । जब कुनै पनि पेसामा आबद्ध पेसाकर्मीले यी सबै नियम र नियमित योजना पालना गर्नु पर्छ।

व्यावहारिक दृष्टिकोणमा राजनीतिक दल खराब सोच भ्रष्टाचार र धेरैजसो पार्टी गन्दा परिपाटी छ। ‘व्यवसायीको पकडमा गयो शिक्षा, दलहरू हटाउन चाहँदैनन्’ राजनीतिक बेइमानी , राजनीतिक स्वार्थको चंगुलमा नागरिक परे ,राजनीतिक दलहरू निकै छाडा भए, नेपालमा राजनीतिक दल र दल सम्वन्धी कानून के हो ? लागु भएन राजनीतिक दलहरूको खिचातानीले देशलाई घाटा लागेको छ। नयाँ राजनीति माहोल बन्छ कि भन्ने आसमा नागरिक बसिरहेको अवस्था हो। नेपाल उथल पुथल अबस्थामा पुगिरहेको छ। नेपालमा गरिब र धनीले कहिलेसम्म बेग्लाबेग्लै पढ्ने ? शिक्षा फरक फरक छ। बस्तुगत परिस्थि बेग्ला बेग्लै छ। सोच बेग्ला बेग्लै छ। शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भएको छ। राजनीतिमा शिक्षक कर्मचारीको सक्रियताले बर्वाद बनायो। दलको विकल्प दल नै हो, सच्चिने कि सकिने ? नागरिक को प्रश्न छ। बैमान नेताहरुलाई , राजनीतिक दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित छ किन ? नागरिकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको खाका कैले कोर्ने , अब राजनीतिक दलहरूको अग्नि परीक्षा सुरु भयो।

नेपालमा विद्यमान अवस्थामा परिवर्तन आवश्यक, नीतिगत रूपमा परिवर्तन आवश्यक छ। परिवर्तन व्यवस्थापन व्यक्ति, संगठन, समाज, राष्ट्र, विश्व सम्पूर्ण पक्षहरूका लागि नै अति आवश्यक छ ।जनताको जीवनमा आमूल परिवर्तन गर्न आवश्यक छ। २०६२/०६३ को आन्दोलनमा पनि नेताहरू सुरक्षाकर्मीसँग ‘सेटिङ’ गरेर ( कुरा मिलाएर) आन्दोलनमा उत्रिन्थे कति मुर्ख बनाए नागरिकलाई , ? सोध्न चाहन्छु , हिजो तपाईंहरूले गरेको आन्दोलन जायज थियो नि हैन?
आज काठमाडौँ मा मेयर बालेन्द्र शाह को बिकासको आन्दोलन , काठमाडौँ महानगरका पिता बन्दै छन् , बालेन्द्र शाह पछिल्लो समय नपत्याउँदो तरिकाले बालचरित्र प्रदर्शन गरिरहेका छन् ।बालेन शाहलाई हामी जति चिन्छौं, त्यति नै उनका बारेमा अन्जान छौं। दृड विश्वास , दीर्घकालीन दृष्टि, अहिले सोधौ कुन परिका हुन् बालेन्द्र ? छैन कुनै पार्टीका होइनन , कुनै दलको झण्डा नबोकी स्वतन्त्र उम्मेदवारी दिएर काठमाण्डू महानगरमा मेयर निर्वाचित बालेन्द्र शाह बिकास प्रेमी हुन् र छन्। दिगो विकासका लागि स्थानीयहरूको माग सम्बोधन गर्न आवश्यक छ।

बालेन शाहको काम गर्ने शैली र तरिकासँगै पाएको सफलता , राजनीतिक दलका कार्यकर्ताको आलोचना र आलोचनाका बाबजुद काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विश्व सञ्चारमाध्यमको ध्यानाकर्षण गर्न सफल भएका छन् ।यसअघि न्यूयोर्क टाइम्सले मेयर शाहको प्रोफाइललाई पूरा पृष्ठ कभरेज दिएको थियो। र अब टाइम पत्रिकाले शाहलाई २०२३ TIME100 Next उदीयमान नेताहरूको सूचीमा राखेको छ।बालेन्द्र शाहले भविष्यको आकार र नेतृत्वको अर्को पुस्तालाई कसरी परिभाषित गर्दै हुनुहुन्छ भन्ने कुरा बुज्नुहोस। हाल नेपालको राजधानी काठमाडौंको १५औँ मेयरको रूपमा सेवारत छन् । बलेन शाहको जीवनमा विकास के हो भन्ने राम्रो संग बुजेको ब्यक्ति मान्न सकिन्छ। महानगर पालिका कस्तो हुनु पर्छ। देश र नागरिकको अहित गर्ने नेता पार्टीको के काम छ ? येहा , मुलुकमा भ्रष्टाचार र विकृति झाँगिएको छ। राज्यको कुनै पनि संयन्त्रले दोषीलाई कारबाही गर्न सक्दैन। विगतका ठूला जनआन्दोलन केवल सीमित ब्यक्ति र स्वार्थका लागि मात्र बन्यो। पार्टीहरूले देश र जनताको भावनाअनुसार काम नगर्ने अनि तस्कर, भ्रष्ट र अपराधीहरुलाई सहयोग गर्ने कस्ता पार्टी हरु छन् नेपालमा , देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गरिराहा छन् मेयर बालेन्द्र शाह ले , उहाँले पनि आफ्नो स्वविवेक प्रयोग गर्ने र संविधानको कार्यादिशा के हो ? मूल मर्म र भावना के हो ? भनेर पार्टीका नेतालाई सम्झायको देखिन्छ। पार्टीका नेताले राष्ट्रको हितभन्दा अहित बढी गरेको छ। के–कस्ता नराम्रा घटनाहरू घटेका छन् जग जाहेर छ। बुद्धिजीवीको मनमा पनि नमिठो लागेको होला ? पार्टीको भक्ति गाउने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैन। अनुभवले मानिसलाई बुद्धिमान बनाउँछ, अभ्यासले मानिसलाई निपुण बनाउँछ। तर नेपालमा उल्टो भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend