सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गलत राजनीति पात्रको वरीपरी अल्झिएको राजनीति

गलत राजनीति पात्रको वरीपरी अल्झिएको राजनीति

श्रीधर खनाल,
खबरब्रेकिंग, काठमाडौँ, फागुन १ । संघीयताले भन्दा पनि हाम्रो परम्परा, संस्कार र व्यवहार नै पदमा पुगेपछि स्वार्थी हुने र आफ्नो लागि मात्रै सोच्ने र अरुको आलोचना गर्ने प्रवृत्ति बढेको छ। संघीय ब्यवस्था आफैमा राम्रो ब्यवस्था हो, शासन सत्ता चलाउने पात्र गलत हुनाले संघीय ब्यवस्था बदनाम हुन पुगेको छ । केही राजावादी तत्वहरु यो ब्यवस्थाको बदनाम गरेर धमिलो पानीमा माछा मार्ने दाउ खेलिरहेका छन । तर उनीहरुको सपना कदापी सफल हुदैन । अब यहि ब्यवस्था भित्र बसेर पुराना नेता र गलत प्रबृतिलाई हटाउदै अघि बढनु पर्ने अबस्था देखिएको छ । हाम्रा राजनीति दल र तिनका नेताहरु गलत बाटो हिडनाले रवि लामिछानेहरु हावी भएका छन । यो कुरालाई हल्का रुपमा लिनु गलत हुने छ । राजनीति दलहरुले राम्रा काम गर्न नसक्दा असन्तुिष्टको भिड रवि लामिछाने, दर्गा प्रसाई तिर लाग्दै छ । दलहरु अब गम्भिर भएनन् भने यो खतराको घण्टी हो । अब सोच्नु पर्छ । युवाहरु अब जाग्नु पर्छ । नेताको पछि लागेर केही हुदैन । अहिले राजनीति गलत पात्रको वरीपरि अल्झिएको छ । यसलाई युवा नेताहरुले टोडेर अघि बढनु पर्छ ।

शासक मात्रै हैन कि नागरिक पनि कहिँ कतै मौका पायो भने खानै पर्छ भन्ने र नखाई नखुवाई केही काम हुँदैन भन्ने ग्रसित मानसिकता बढेको छ। कसैसँग पनि अनुशासन भन्ने पनि भएन, दण्ड सजायका कुराहरु पनि एकदम कमजोर भए त्यसकारण जताततै सुशासन नाम मात्रको भयो, जताततै अनियमितता बढ्दो छ अर्थात छाडातन्त्रजस्तै भएको छ ।

यसको कमजोर पक्ष के हो भने हामी परम्परागत रुपमै हाम्रा शासक, प्रशासकहरु बेहोर्न बाध्य छौं, उनीहरु त्यहाँ गैसके पछि जनसेवा गर्नभन्दा पनि खाने भन्ने हिसावले त्यहाँ पुग्न थाले, यो ठाउँमा पुगे पछि कमाई हुन्छ भन्ने खालको गतल प्रवृति भित्रिन थालेको छ।सुशासनको प्रभावकारिता बढाउने भनेकै पारदर्शिता हो । सरकारी तथा गैर सरकारी संस्थाहरू, शैक्षिक तथा वित्तीय संस्था, गुठीहरू जबसम्म जनतासामु कुराहरू ढाकछोप गर्ने, सूचना प्रवाह नगर्ने, श्वेत पत्र जारी नगर्ने जस्ता कामले सुशासन कायम हुन दिइरहेको छैन ।

पारदर्शिताको सवालमा विशेष गरि कुनै न कुनै कतै न कतै हाम्रो संलग्नता देखिएको हुनाले जनतासामु सार्वजनिक सुनुवाइ नगर्ने गरेको पाइन्छ । सानै संस्था किन नहोस्, एउटा पान पसलै किन नहोस् कम्तीमा पनि केही गाइड लाइन्स हुनुपर्छ । मैले यो कुरा गर्छु भन्ने हुनु पर्दछ । यो सेवा सुविधा मेरा ग्राहकलाई दिनु पर्दछ भन्ने कुरा जबसम्म हामी स्पष्ट रूपमा किटान गर्दैनौ तबसम्म जनताले सुशासनलाई उपभोग गर्न नसक्ने देखिन्छ । खनाल, माओवादी केन्द्रका युवा नेता हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend