सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दलहरूले आलोपालो सरकार सञ्चालन गर्ने कस्तो भागबन्डा ?

दलहरूले आलोपालो सरकार सञ्चालन गर्ने कस्तो भागबन्डा ?

भक्त केसी,

खबरब्रेकिंग, काठमाडौँ, माघ २७ । नेताका पाइला पिच्छे बदमासी, दृष्टता,लोभ, गर्ने काम व्यक्ति पिच्छे फरक छन्, आलोपालो देश दोहन गर्ने ,नेताहरूको स्वार्थ व्यवस्थापनमा सीमित नेपालको राजनीति, आलोपालो जनताको नाममा जनतालाई नै शोषण गर्दै र देशलाई दोहन गर्दै आइरहेका छन् र यो क्रम जारी नै छ। सत्तापक्ष र प्रतिपक्ष दुवै देशको गलत दोहन गर्न लागेका छन् ।

दलहरूले आलोपालो सरकार सञ्चालन गर्ने कस्तो भागबन्डा ? चरम भ्रष्टाचार गर्दै राष्ट्रियता माथि धावा बोलीरहँदा सचेत नागरिक कता छन् ? भागबन्डा गरी देश लुट्ने भन्दा अरु साेच छैन नेताहरुको , आलोपालो उनीहरू नै चुनिएर आउँछन् । ३३ वर्ष भएछ यही समूहले मुलुकमा राज गरेको आज राष्ट्र एवं समाजलाई निर्लज्जतापूर्वक दोहन गर्ने सर्वसाधारणले अपमान, यातना भोग्नु पर्ने ? आर्थिकरूपले टाट पल्टँदै गएको देशका विधेयक ल्याइल्याई राज्यकोषको दोहन गर्ने यस्तो सरकार संसारमा अन्यत्र कहाँ होला ? राजनीति दल वा नेताहरू आलोपालो शक्तिमा रहने स्थितिमा मिलेर निरन्तर दोहनको मेसो मिलाउने खनिज , खोलानालाबेचिसके जतिबेलासम्म खोलानाला सुरक्षित थिए, त्यसबेलासम्म गाउँमा खानेपानी र सिँचाइको समस्या थिएन।खोलानाला, कुलो, नहर, ताल र बाटोको अतिक्रमण भैरहेको छ। अव्यवस्थित शहरीकरण,सार्वजनिक खोलानाला अतिक्रमण गरिएका कारण सदरमुकाम जतिछन अस्तबेस्त छन्। हिमाल, पहाड, तराई, खोलानाला मन्दिर र गुम्बामा नेपालका कथा छन्।

संरक्षण आवश्यक छ। ठुला नदि जती नेताले बेचिखाए नेपालका प्रमुख नदीहरूको बिजोग छ। देश टाट पल्टनु स्वाभाविकै छ ।आम्दानी हुने रास्ट्रको सम्पति सकिने भए , नागरिकको चेतना जाग्नु पर्छ। राजनीति मंच उनीहरुको आपसी द्वन्द्व, मेलमिलाप, शान र अभिमान प्रदर्शन गर्ने मञ्च मात्र भा छ। देश बिकाशको कुरा कैले सुन्नु पाईदैन। टोले गुन्डाले झगडा गरेजस्तो ब्यबहार देख्नु पर्दा दिक्क लाग्छ। आलोपालो तमासा देखेर जनता आजित छन्। नागरिक अगुवाई नभएर देश विकास हुन नसकेको बुजिन्छ। देशलाई रित्याउन र सिध्याउन आलोपालो गर्दै लुटानमा जुटिरहेछन् लोभी पापी हालैका महिनाहरूमा, एक उच्च प्रोफाइल भ्रष्टाचार मुद्दाले नेपाललाई समातेको छ, उच्च पदस्थ राजनीतिज्ञहरू, पूर्व मन्त्रीहरूलाई दोषी ठहराउँदै छन्। सरकारका उच्च पदस्थ व्यक्तिहरूले पनि राज्यको कोषबाट भ्रष्टाचार वा अपचलनको फाइदा उठाउँछन् भने, यसलाई कहिलेकाहीँ नवविज्ञान क्लेप्टोक्रेसी भनिन्छ।भ्रष्टाचारमा जो कोही पनि संलग्न हुन सक्छ राजनीतिज्ञ, सरकारी अधिकारी, सार्वजनिक कर्मचारी, व्यवसायी वा जनताका सदस्यहरू यसरी त देश बिग्रन्छ।

भ्रष्टाचारको विशिष्ट कार्यहरूमा “घूसखोरी, जबरजस्ती असुली, र अपव्यय” प्रणालीमा समावेश छ जहाँ “भ्रष्टाचार अपवादको सट्टा नियम बन्छ।”
नेपालमा बढ्दो भ्रष्टाचारको लागि असंगठित र कमजोर राजनीतिक दल र नेताहरू दोषी छन्।चर्को भ्रष्टाचारले नेपाललाई खाँदैछ – सानातिना घूसबाट, जस बिना सार्वजनिक सेवा प्रवाह ठूला भ्रष्टाचारमा पहुँच गर्न गाह्रो छ। समाजका सज्जनहरुको भनाई छ , नेपालमा भ्रष्टाचार राष्ट्रव्यापी छ , सरकारदेखि न्यायपालिका, प्रहरी, स्वास्थ्य सेवा, सबै क्षेत्रमा व्याप्त छ ।

अनियमितताको विवादास्पद इतिहास छ येहा , हामी भ्रष्टाचारलाई निजी लाभका लागि सुम्पिएको शक्तिको दुरुपयोग भनेर परिभाषित गर्छौं। तर भ्रष्टाचारले विश्वासलाई कम गर्छ, लोकतन्त्रलाई कमजोर बनाउँछ, आर्थिक विकासमा बाधा पुर्याएको छ। भ्रष्टाचार हालसालै पर्याप्त सैद्धान्तिक र अनुभवजन्य अनुसन्धानको विषय भएको छ, र यसले विकल्पहरूको एक अचम्मलाग्दो श्रृंखला उत्पन्न गरेको छ।राजनीतिज्ञदेखि प्रशासकसम्म, वकिलदेखि न्यायाधीशसम्म र नागरिक समाजसम्म पनि भ्रष्टाचार नेपालको एउटा यस्तो क्षेत्र बनेको छ। ९०% नेपालीले भ्रष्ट जति राजनीतिक दलका हुन् भन्ने विश्वास गर्छन्। सत्य त्यही हो ,नेपालमा बढ्दो भ्रष्टाचारमा असंगठित र कमजोर राजनीतिक दल र नेताहरू जिम्मेवार छन् ।

नेपालमा सार्वजनिक, राजनीतिक र निजी क्षेत्रका प्राय जसो सबै क्षेत्र भ्रष्टाचारले आक्रान्त भएका छन् । त्यसैले मन्त्रिपरिषद्, न्यायपालिका, निजामती सेवा आदि को संग्लनता देखिन्छ। नेपालमा भ्रष्टाचार बढाउने अर्को कारक दण्डहीनताको संस्कृति हो। धेरै भ्रष्ट अधिकारीहरू राम्रोसँग जोडिएका छन् र शक्तिशाली छन्। भ्रष्टाचार नेपालको राजनीतिक एजेन्डाको केन्द्रबिन्दु बनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend