खबरब्रेकिंग, काठमाडौँ, माघ २५ । नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मंचको १२ औं सम्मेलन यही माघ २७ गते भब्यरुपमा हुने भएको छ ।
भब्यरुपमा हुने सम्मेलनको सम्पूर्ण तयारी सकिएको संयोजक बिशाल मिश्रले बताएका छन । उनका अनुसार सम्मेलनको उद्घाटन महासचिव शंकर पोख्रेलले गर्नुहुनेछ ।

४०० सय प्रतिनिधी सहित साधारण सदस्य गरि ८०० भन्दा बढीको उपस्थिति रहने मिश्रको भनाई छ । उनका अनुसार एमाले अर्घाखाँची काठमाडौ सम्पर्क मंच सम्मेलनको लागि हाइटेक प्रविधि भित्र्याइएको छ । प्रतिनिधि कार्ड डिजिटल बनाइएको छ ।सम्मेलनको लागि गएको हप्ता नै प्रतिनिधि छानिएका थियो । अधिवेशनको बन्द सत्रबाट ७३ सदस्यीय जिल्ला मंच गठन हुनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मतीको प्रयास भइरहेको नेताहरुले जनाएका छन् । यसैबिच शनिबार हुने कार्यक्रमको लागि तुल्सिलाल अमात्य प्रतिष्ठान च्यासल, ललितपुर बुकिङ भइसकेको मिश्रले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend