भक्त केसी,
खबरब्रेकिंग, काठमाडौँ, माघ २४ । राजनीतिको प्रमुख उद्देश्य लोककल्याण हो। समाजको कल्याण इमानदारी र नैतिकता विना सम्भव हुन्न। अहिले राजनीतिमा क्षयीकरण हुँदै गएको छ। बेइमान राजनीतिज्ञको गुरुलाई मास्नु पर्छ भन्ने जन धारणा छ। राजनीतिक क्षेत्र मुलुकको मियो भएकाले यसलाई बेइमान, असफल र कमजोर हुनबाट रोक्नु र मुलुक तथा जनताप्रति उत्तरदायी बनाउनु पर्छ। हामी नागरिकले बुजेको कुरा बेइमानीमा फुले फलेको नेता कार्यकर्ताले देश बनाउन सक्दैनन्। आफ्नै कारणले राजनीतिक हैसियत गुमाएँ राजनीति नेताले ,सबै प्रकारका बेइमान राजनीतिज्ञहरूमा सजिलै ब्यपारीले मौका लिए , हाम्रा राजनीति कर्मीहरू जो जिम्मेवारीमा छन् सबै भ्रष्ट र बेइमान हुँदा बहुदलीय व्यवस्थाकै बदनाम गरे । बेइमान राजनितिले थला परेको मुलुकलाइ उपयुक्त बिकल्प सहित इमानको राजनिती शुरु गरौ नागरिक अगाडी आउनु पर्छ बौद्धिक समाज व्यावसायिक समाज, व्यापार समाज, सरकारी सेवक, पूर्व सेवक समाज, विद्यार्थी युवा समाज र नागरिक समाजले हिसाब किताब लिनु पर्यो, मुलिकले अति कस्ट भोगी सक्यो। राजनीतिज्ञ जस्ता छन् तर दिमागमा मूर्खताको मलखाडी बोकेका छन् ।शुरुदेखिनै दलीय चरित्र अत्यन्तै बेइमान भयो नेपालमा , जस र अपजसको सबैभन्दा ठूलो भागीदार राजनीतिज्ञ नै हुन् र छन् । हामी अक्सर नेता ठिक भएनन् भनेर दिक्दारिन्छौं, नेताहरू बेइमान छन् भन्ने लगभग सबैलाई थाहा छ। राजनीतिज्ञ र उद्योगी व्यापारीका बीचको गठबन्धन आदि भ्रष्टाचारका स्रोत हुन् ।बेइमान शिक्षाको जगमा उभिएर इमानको लडाइँ कसरी लड्न सकिन्छ ? नेपाल धर्म युद्ध, बेइमान राजनीतिज्ञ, कपटी धर्मगुरु र निष्ठुर अपराधीहरूले भरिएको छ। चुनाव महँगो हुँदा बढी पैसा हुने र बेइमान ब्यक्ति बडी पैसाको चलखेल अधिक हुदा अस्थिर छ राजनीति , अहिले राजनीतिज्ञ, न्यायकर्मी, वकिल, कर्मचारीगण सबैको नैतिकता प्रश्नको घेरामा परेको छ ।जब सम्म सरकारको नेतृत्व गर्नेहरु भ्रस्ट, बेइमानको हालीमुहाली हुन्छ राष्ट्रले कोल्टे फेर्न सक्दैन। यस्तो अवस्था देश रहेमात्र हामी रहनन्छौ भने गुरु मन्त्र जप्नु पर्छ। दुस्ठहरुको संगत छोड्नु सक्नु पर्छ। राजनीतिलाई भर्याङ्ग बनायर देश लुट्ने लाई स्रबत्र बहिष्कार गर्नु पर्छ।
नेपालमा सबै अयोग्य स्वार्थी, चोर, फटाहा, बेइमान मात्र छैनन्, इमानदार र योग्य पनि छन् । कुन दुलोमा छन् ? बाहिर निस्किनु पर्छ नागरिक को लागि आवाज दिनु पर्यो। योग्य र इमानदार जनप्रतिनिधि छानौँ। इमानदार, योग्य र देशभक्त नागरिकको संरक्षण गर्नु पर्छ। सचेत, जिम्मेवार र इमानदार युवाको चिन्तन राष्ट्र निर्माणको लागि हुनु पर्छ। अधिकारको दुरुपयोग नहोस् भन्नाका खातिर मतदाताले सक्षम, योग्य र इमानदार उम्मेदवार को छ भनी थाहा पाउनु उसको अधिकार हुन्छ । रास्ट्रका लागि प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति निर्माण गरौ। धनी, गरीब, राजनीतिज्ञ, इमान्दार, बेइमान केही पनि छुट्याउदैन देशको लागि मरी मेटी लाग्नु पर्छ।जानकारहरु भन्छन झोले, खोले र नबोले तिन किसिमका नागरिक छन् भन्छन , झोले त् लम्पट कार्यकर्ता नै भए , खोले निर्पेक्ष्य निम्न इस्तरका भए जसलाई जाउलो जुटाउन दैनिकीमै लाग्ने भए , इनले अधिकारको खोजि गरेको देखिएन , नबोले , नबोलेको हकमा सबै पुगी सरी छ। देश र दुनियाको सरोकार छैन। देशमा संग्कट आइपर्दा देशसंगै डुब्ने भनेका इने नब सम्भ्रान्त डुब्ने छन्। त्यसैले देश र बिधि ,चरित्र बचाउन सबै गम्भीर हुनु पर्छ। “विद्यार्थीहरू देशमै पढेर असल, योग्य र इमानदार नागरिक बन्नुपर्छ” सुधार भनेको इमानदार र योग्य न्यायाधीशबाट भरिएको अदालत नै हो । तीनै तहका अदालतमा योग्य र इमनदार व्यक्तिलाई न्यायाधीशको खाचो छ। राजनीति र देशको प्रशासनलाई जनहित र देश विकासमा लगाउन सफल भए मात्र गरिबी हट्ने छ। जनप्रतिनिधि इमानदार, सक्षम, निष्ठावान्, सेवाको भावना, दूरदृष्टि, न्याय दिन सक्ने तथा विवेक भएका छान्नु पर्छ। अहिलेका बालबालिकालाई स्वस्थ, शिक्षित, सभ्य, योग्य र दक्ष बनाउनुका साथै देशप्रति इमानदार हुनु पर्ने अवस्था आएको छ। कुनै पनि उम्मेदवार जतिसुकै पढेलेखेको, इमानदार, निष्कलंकित र योग्य होस्, राष्ट्र निर्माण तिर लागेन भने अनर्थ हुन्छ। देशको महत्वपूर्ण संवैधानिक पदमा नियुक्त हुने व्यक्तिहरू योग्य, दक्ष, अनुभवी र इमानदार हुनु पर्दछ भन्ने कुरामा विवाद हुन सक्दैन ।कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारसमेत रहने गरी हुने निर्वाचनमा योग्यता र अनुभव अनि इमानदार र विकासप्रेमी देश भक्त नेता को खाचो देखिन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend