शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

२३ पदका लागि उपनिर्वाचनको तयारी हुँदै

२३ पदका लागि उपनिर्वाचनको तयारी हुँदै

खबरब्रेकिंग, काठमाडौँ, माघ २३ । निर्वाचन आयोगले रिक्त रहेको २३ पदका लागि उपनिर्वाचन गर्न लागेको छ। प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीयत तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि निर्वाच गर्ने तयारी भएको आयोगका प्रबक्ता तथा सह—सचिव शालिग्राम शर्मा पौडेलले जनाए।

२०७९ वैशाख १० गते भएको स्थानीय तह निर्वाचन, मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन भएपश्चात् विभिन्न कारणले रिक्त भएको २३ पद पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको आयोका प्रवक्ता पौडेलले बताए। निर्वाचनका लागि रिक्त रहेको निर्वाचन क्षेत्रका नयाँ मतदातालाई मतदाता नामावलीमा नाम लेखाउन आयोगले आग्रह गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend