शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र बिषयक विचार गोष्ठी हुँदै

आज अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र बिषयक विचार गोष्ठी हुँदै

खबरब्रेकिंग, काठमाडौँ, माघ २३ ।आज ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ बिषयक विचार गोष्ठी हुने भएको छ । नेपाल अध्ययन केन्द्रको आयोजनामा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम साढे ११ बजे सुरु हुनेछ ।

कार्यक्रममा पूर्वमन्त्री देवेन्द्रराज पाण्डे प्रमुख वक्ता रहनेछन् भने आभासले सांगितिक प्रस्तुति दिनेछन् । पहिलो सत्रमा शिक्षाविद् केदारभक्त माथेमा, राजनीतिशास्त्री कृष्ण खनाल, लेखक तथा वामवुद्धिजीवी खगेन्द्र संग्रौला, लेखक सीके लाल र हरि शर्मा र अर्चना थापा सहभागी हुनेछन् ।

त्यसैगरी, दोस्रो सत्रमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, कांग्रेस नेता मिनेन्द्र रिजाल, एमालेका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृश्वीसुब्बा गुरुङ, माओवादी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले धारणा राख्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend