सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अखिल (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा मेरो उम्मेदवारी

अखिल (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा मेरो उम्मेदवारी

बिजय आचार्य,

अखिल (क्रान्तिकारी) शिक्षामा सुधार, विश्वविद्यालयहरूको स्वतन्त्रता, र विद्यार्थीको अधिकारका मुद्दाहरूमा सक्रिय छ। तर, बदलिंदो राजनीतिक परिवेश र बढ्दो गुटबन्दीले यसको प्रभावकारीता प्रश्न उठाएको छ। आधुनिक विद्यार्थीका आवश्यकता र चासो समेट्न संगठनले आफूलाई पुनःनिर्माण गर्न आवश्यक देखिन्छ।

हालको परिवेशमा, शिक्षाको गुणस्तर, बेरोजगारी, महँगी, र डिजिटल पहुँचजस्ता मुद्दामा आवाज उठाउँदै विद्यार्थी आन्दोलन समाज परिवर्तनको माध्यम बन्न सक्छ। तर, प्रभावकारीता कायम राख्न विद्यार्थी आन्दोलनले गुटबन्दी र राजनीतिक स्वार्थभन्दा माथि उठेर सबै विद्यार्थीको प्रतिनिधित्व गर्न आवश्यक छ। यसले समाजमा सकारात्मक परिवर्तनको सम्भावना बढाउँछ।

अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन अन्तिम चरणमा पुगेको सन्दर्भमा, यसले बोक्नुपर्ने जिम्मेवारी र सामना गर्नुपर्ने चुनौतीहरूमाथि गहिरो चर्चा आवश्यक छ। संगठनले अहिलेको शिक्षा प्रणालीमा सुधार, विद्यार्थीका हक-अधिकारको सुनिश्चितता, र समावेशी तथा गुणस्तरीय शिक्षाका लागि प्रभावकारी योजनासहित अघि बढ्नुपर्छ।नेपाली समाजको वर्गीय विश्लेषणबिनाको क्रान्तिकारी विद्यार्थी आन्दोलन वास्तवमै आन्दोलन नभई अराजकता वा दिशाहीन गतिविधिमा सीमित हुन सक्छ। नेपाली समाजमाइतिहास , गरिबी, अशिक्षा, र बेरोजगारी जस्ता गहिरा समस्याहरूको समाधानका लागि बहस नगर्ने र यी मुद्दाहरूलाई प्राथमिकतामा नराख्ने कुनै पनि विद्यार्थी संगठनला”क्रान्तिकारी” भन्न मिल्दैन।

क्रान्तिकारी आजको मितिमा, अधिकांश विद्यार्थी संगठनहरू आफ्नै आन्तरिक गुटबन्दी, राजनीतिक दलहरूको हस्तक्षेप, र क्षणिक स्वार्थमा अल्झिएका देखिन्छन्। धेरैजसोले वास्तविक विद्यार्थीका समस्या र अधिकारक्रान्तिकारीका मुद्दाहरूलाई सम्बोधन गर्न सकेका छैनन्। उच्च शिक्षाको गुणस्तर, रोजगारी सिर्जना, र वर्गीय असमानता सम्बोधन गर्ने दीर्घकालीन दृष्टिकोणमा काम गर्ने संगठनहरूको अभाव छ। विद्यार्थी आन्दोलनले आफ्नो प्राथमिकता फेरि परिभाषित गर्दैक्रान्तिकारी समाजको जरा गाडिएका समस्याहरूलाई सम्बोधन गर्न क्रान्तिकारी कदम चाल्नुपर्छ।

अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन यिनै बहसहरूकै चरम बिन्दु हो। आज क्रान्तिकारी विद्यार्थी आन्दोलनभित्र देखिएको वैचारिक अस्पष्टताका सम्बन्धमा क्रान्तिकारी विद्यार्थी आन्दोलनभित्र देखिएको वैचारिक अस्पष्टताका सम्बन्धमा काम गर्ने ठूलो चाहनाका कारण मैले उम्मेदवारी दिएको छु। २३औँ राष्ट्रिय सम्मेलनमा लेखा आयोग खुला तर्फका उपाध्यक्षको रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेको छु। क्रान्तिकारी विद्यार्थी साथीहरूले साथ र हौसला प्रदान गर्नु हुने छ भन्ने आशा राख्दछु। धन्यवाद।

विजय आचार्य

उम्मेदवार

अखिल (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलन

लेखा आयोग, उपाध्यक्ष (खुला)

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend