सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के -के छन् कार्यसूची

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के -के छन् कार्यसूची

६ माघ,काठमाडौँ । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्दै भएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्न पाउने छन् । त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् । सचिवालयका अनुसार छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend