शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

 

 

२० पुष, काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । आज शनिबार अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको नेता भक्त केसी ले जानकारी दिनुभयो।

 

 

बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको उहाँले बताउनुभयो ।

 

बैठकले भ्रष्टाचारको विरुद्ध र सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनालगायतको माग राखेर चैत महिनादेखि जनसंघर्ष सुरु गर्ने निर्णय पनि गरेको छ।

 

यस्तै बैठकले भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अवधारणामा आधारित अधिकार सम्पन्न संवैधानिक निकायको व्यवस्था गर्न माग समेत गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend