सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सेवानिवृत्त एआईजी रोहित थापा सहित ४ जना राप्रपा पार्टीमा प्रवेश 

सेवानिवृत्त एआईजी रोहित थापा सहित ४ जना राप्रपा पार्टीमा प्रवेश 

 

भक्त केसी , १७ पुष , काठमाडौँ ।आज अंग्रेजी बर्ष २०२५ को पहिलो दिन, सेवानिवृत्त एआईजी रोहित थापा सहित ४ जना राप्रपा पार्टीमा प्रवेश गर्नु भएको छ । प्रबेस गर्ने हरुमा यज्ञलक्ष्मी कुँवरम निसा शाही र ईस्थार रन्जितकार हुनुहुन्छ। बिभिन्न संघ सस्थामा काम गर्नु भएका महिला दिदि बैनीहरु आ -आफ्नो अनुभब र समय दिएर देश र नागरिक सेवा को लागि प्रतिबद्दता लिएर आउनु. भएको छ ।

नब प्रवेश सदस्यहरु लाई बधाइ र स्वागत गर्दै , नेपालको राजनीतिक परिप्रेक्ष्य, राष्ट्रियता, र राप्रपा नेपालको दृष्टिकोण बारे राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही महत्वपूर्ण बुँदाहरू उल्लेख गर्नु भएको थियो । सो अबसरमा राप्रपा नेपालको मूल उद्देश्यहरू, पार्टीका विचारधारा, र यसको नेतृत्वद्वारा व्यक्त गरिएका विचारहरूको बारेमा उहाले महत्व पुरम कुराहरु उल्खेत गर्नु. भएको थियो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता र राष्ट्रवादको परिभाषा माथि चर्चा गर्दै, उहाले समाजका विविधताहरूलाई सम्मान गर्ने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो यससँगै, थापाले नेपालको ऐतिहासिक परिप्रेक्ष्य र वर्तमान राजनीतिक समस्याहरूलाई पनि विश्लेषण गर्नु भएको थियो।

उहाँले नेपालमा एकता र राष्ट्रियता सुदृढ गर्नका लागि सामाजिक र सांस्कृतिक विविधताका बीच सन्तुलन कायम गर्नु आवश्यक रहेको र यसका लागि नेपालको नीति र कार्यक्रमको परिमार्जन गर्नुपर्ने आवश्यकता माथि प्रकास पर्नु भएको थियो। देशभित्रको असन्तुलन र बाह्य शक्तिहरूसँगको प्रभावले नेपालको स्थिति बिग्रिरहेको उहाको भनाई छ।

राप्रपा नेपालले आफ्नो घोषणा पत्रमा विभिन्न क्षेत्रहरूमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। यसमा हिन्दू राज्यको स्थापना, वैदिक सनातन धर्मको संरक्षण, आत्मनिर्भर अर्थतन्त्रको विकास, र सुशासन , नेपाली समाजको सामाजिक र सांस्कृतिक सुदृढीकरण जस्ता प्राथमिकताहरू समाविष्ट छन्। पार्टीले नेपाली नागरिकका हक र स्वतन्त्रताका पक्षमा आवाज उठाउने, र बाह्य हस्तक्षेपबाट नेपाललाई जोगाउने कार्यमा जोड दिने दृस्टीकोण राखेको छ।

यस पार्टीले नेपाली समाजमा अस्वस्थ प्रवृत्तिहरूलाई समाप्त गर्ने र एकता र समृद्धिको दिशामा अघि बढ्ने योजना बनाएको छ। समग्रमा, राप्रपा नेपालको विचारधारा राष्ट्रियता र आत्मनिर्भरता र मुख्यत: हिन्दू राज्य र वैदिक सनातन धर्मको संरक्षणमा आधारित रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend