खबरब्रेकिंग, काठमाडौँ, माघ १७ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको बुधबार बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ः०० बजे उहाँको निधन भएको परिवारका सदस्यले जनाएका छन्।
तनहुँको भानु नगरपालिका- १२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend