शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुलुक सङ्घीय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन सकेनः अध्यक्ष यादव

मुलुक सङ्घीय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन सकेनः अध्यक्ष यादव

खबरब्रेकिंग,धनुषा, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताले शासक वर्गको रवैया विरुद्ध गरेको भीषण विद्रोहको बलमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासक वर्गको मधेसप्रतिको रवैया अझै सुध्रिन नसकेको दाबी गरेका छन । समाजवादी महिला सङ्घ मधेस प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो दावी गरेका हुन ।
उनले शासक वर्गको उपेक्षाका कारण मधेस पछि परेको बताए । शासक वर्गको मदेसप्रतिको विभेदकारी नीतिका कारण शिक्षा , स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेस पछि परेको यादवको भनाई छ ।

समथल भूभाग , उर्वर भूमि जस्ता विकासका आधारभूत तत्त्वहरू मधेसमा भए पनि सबै क्षेत्रमा मधेस पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको भन्दै अध्यक्ष यादवले मुलुक सङ्घीय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन नसकेको दाबी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend