खबरब्रेकिंग, काठमाडौं, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने बताएका छन । प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले यस्तो बताएका हुन ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन्। उनले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए । चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उनको भनाई छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend