शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँःशशांक कोइराला

विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँःशशांक कोइराला

खबरब्रेकिंग, काठमाडौं, माघ १४ । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताएका छन ।

आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको उनले बताए । कोइरालाले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए ।

‘नेपाल र चीन नजिकका मित्र हुन् । नेपालमा चीनले विकास, पुनः निर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ । तपाईँहरूले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरू अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘नेपालमा कोभिड–१९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरू धेरै नै उपलब्ध गराएको थियो । नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ ।’ कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend