खबरब्रेकिंग,काठमाडौँ, माघ ६ गते । उद्योण वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालेको बताएका छन्।
शुक्रबार वर्ल्डमार्ट युनिक सोलुसन प्रालीद्वारा सञ्चालित मौलिक बजार तथा भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको ९चौरासी व्यञ्जन० अवलोकनको क्रममा मन्त्री रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनलाई फुकाउने प्रयास भइरहेको समेत जानकारी दिए।
‘स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरूका लागि प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएको छ,’ मन्त्री रिजालले भने, ‘प्याकेजिङमा सुधार गर्दे नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो।’ मौलिक बजार तथा मौलिक भान्छाघरले नेपाली उत्पादन र बजारीकरणको क्षेत्रमा नयाँपन सुरु गरेको समेत रिजालले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend