खबरब्रेकिंग,काठमाडौँ, माघ ४ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो । आयोगका अनुसार घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend