राम प्रसाद बन्जाडे
खबरब्रेकिंग,काठमाडौँ पुस २९ गते । नेपाल सरकारले खेल मैदान प्रति प्रमुख ध्यान दिनु पर्ने आबश्यकता देखिएको छ । खेल भनेको युवाहरुका लागी मनोरञ्जनको माध्यम हो । आज बिश्वभरी नै खेलकुदको महत्व बढेर गएको छ । त्यसै गरी भुमिकास्थान नगरपालिका भित्र पनि राम्रो खेल मैदानको आबश्यकता बढेर गएको छ ।
आज छिमेकि देश भारत लगायत अन्य देशहरुसङ पौंठेजोरी खेल्दै विश्वव्यापी रुपमा खेलकुद गतिविधिहरु सञ्चालन हुन थालेपछि नेपाली खेलकुद पनि सञ्चालन हुनुपर्ने आवाज उठिरहेको छ। तर, सरकारले खेल क्षेत्रलाई तत्काल अलि ध्यान नदिएपछि खेलाडी निराश भएको देखिन्छन् । यस्तै अर्घाखाँची जिल्लाको भुमिका स्थान नगरपालिका भित्र एउटा सामान्य भोलिबल खेल्नको लागि खेल मैदान सम्म छैनन् । मानिसले जन्म लिएपछि राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल अति आबश्यक देखिएपनि स्थानिय सरकार र त्यहाका जनप्रतिनिधिहरुले भने अहिले सम्म सोचन सकेका छैनन् ।
यस्तै जिल्लामा अरु नगरपालिका गाउँ पालिका भित्र केहि स साना खेल मैदान भएपनि भूमिका स्थान नगर पालिका भित्र युबाहरु खेल खेल्नु परे बिद्यार्थी हरुले अध्यान गर्ने बिधालयका प्राङ्गगरहरुमा बिदाको मौका छोपेर खेल खेल्न बाध्य भयका छ्न । आज भोलिबल खेल्नको लागि यति सानो मैदान सम्म नहुदा खेलाडीहरुको स्तर कति खस्किएको छ।यस्तै देशका सम्पुर्ण जिल्लाहरु खेल मैदानको लागि भुमिका स्थान जस्तै ओझेलमा पर्ने हो भने हामि नेपालीहरु आगामी दिनमा हुने प्रतिस्पर्धाको नतिजाल देखाउने नै छ। तर, यसले नेपाली खेल क्षेत्रलाई ठूलै क्षति पुर्याइसकेको अनुमान भने अहिल्यै गर्न सकिन्छ।यो क्षतिलाई रोक्न अब खेल क्षेत्र चालु गर्नुपर्ने भइसकेको छ। यसका लागि खेलकुदका आधिकारिक निकायहरु जाग्नै पर्छ। हिजोका दिनमा छिमेकि देस भारत लगायत अन्य देसहरु सङ क्रीकेट खेलेको हाम्रो देस नेपाल भोलिका दिनमा युबाहरुले आवाज उठाएनन भने , सरकारले यो खेल क्षेत्र प्रति बिजय जितको आबाज सधै सुन्न सफल हुने छैनन् ।
खेल गतिविधि सञ्चालन गर्न सबैभन्दा वढी धपेडी अखिल नेपाल फूटबल संघ ९एन्फा० का पदाधिकारीहरुले गरेका थिए। तर राजनिति लगायत अन्य हाम्रा
जनप्रतिनिधिहरु भने खेल क्षेत्रप्रति सधैं मौन बसेका छ्न।
नेपालका हरेक नगरपालिका गाउँ पालिका भित्र एउटा खेल मैदान सामान्य खालको हुन अति अवस्यक देखिन्छ। सरकाले गाउँ पालिका नगर पालिका भित्र पठाईयका बजेट हरुमा मठ मन्दिर र सौचालय बिधालय र सडक प्रति धेरै लागानि गरेपनि खेल मैदान मा भने गाउँ पालिका नगर पालिका का जनप्रतिनिधि हरुको खासै धयान आकर्षक भयको देखियको छैन ।
भोलिका दिनमा खेलप्रति देसले बिजय प्राप्त गर्न सँगसँगै घरेलु मैदानमा खेल्ने खेलमा नेपालको उत्कृष्ट प्रदर्शनका लागि तयारी गर्नुछ। यसको लागि नेपाल सरकारले माथिबाट पठाईयको रकम प्रत्येक गाउँ पालिका नगरपालिकालाई खेल मैदान प्रति ध्यान आकर्षक नगराउने हो भने भोलिका दिनमा पनि कहिले बिधालयहरु बन्दहुन्छन् र खेल खेलौला भनेर युबाहरु पर्खाइमा बस्नु पर्ने देखिन्छ ।
एउटा नगर पालिका भित्र ४र५ ओटा प्रतीक्षालयहरु बने अर्घाखाँची जिल्लाका गाउँ गाउँ र सम्पुर्ण जन्ताहरुको घर दैलो सम्म सडक बिस्तार गरियको छ। तर यहाँ का जनप्रति निधिहरुले गर्न खोजेको भय खेल सञ्चालनमा आवश्यक स्वास्थ्य र सुरक्षाको व्यवस्था त आफ्नै हातको कुरा थियो, माथि बाट आयको बजेटले हाम्रा बाजेका पालाका सम्पति हरु लाई नस्ट गरि बिकासका नाममा खनियका ई माटेधुले सडकहरु को अवस्था हेर्ने हो भने देसमा बिकास होइन बिनास भयको पुस्टि गर्न सकिन्छ। हाम्रो गाउँ समाज मा हामिजस्तै गरि हाम्रा छोरा छोरिहरु भोलिपनि यहि हाम्रो घरको आगनमा खेल खेलि रमाउन बाध्य हुने अबस्था देखिन्छ। नगर पालिकाका मेयर र सम्पुर्ण वडा अध्यक्षहरुको यस विषयमा किन धयान जान सकेको छ्रैन ?
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend