खबरब्रेकिंग,काठमाडौँ पुस २८ गते । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको अध्यक्षमा तेवीन्द्ररत्न शाक्य चयन भएका छन् । महासंघको सातौं वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेशनबाट शाक्यको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे चयन भएका छन् । त्यस्तै ७ उपाध्यक्षमा लक्ष्मण पोखरेल, सृजना घर्ती क्षेत्री, गोकुल देसार, राजु महर्जन, सचिन्द्र श्रेष्ठ, हरिप्रसाद न्यौपाने र पुरुषोत्तम पाण्डे छन् ।
महासचिवमा हिमकिशोर कङ्माङ राई, सचिवमा प्रेमकुमार बर्मा, बलराम पौडेल र डिल्लीराम सापकोटा छन् । कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति र सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) चयन भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend