सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वास्थ्य क्षेत्रमा स्वस्थ्यकर्मीको अवस्था दयनीय

स्वास्थ्य क्षेत्रमा स्वस्थ्यकर्मीको अवस्था दयनीय

भक्त केसी,
खबरब्रेकिंग,काठमाडौँ पुस २७ गते । स्वास्थ्य क्षेत्रमा स्वस्थ्यकर्मीको अवस्था दयनीय अवस्था छ । नेपालको तथ्यांकले नेपालमा नसर्ने रोगबाट हुने मृत्युको दर पनि बढ्दो देखाएको छ । कुल मृत्युमध्ये ३० देखि ७० वर्षको उमेर समूहका पर्छन। सीमित बजेटको ठूलो अंश चुहाहटमा हुने वा ुफ्रिजु हुने अवस्था स्वास्थ्य छेत्रमा अजै छ । वर्तमान सरकारले स्वास्थ्यबारे खासै राम्रो स्वास्थ्य रोजगार नीति योजना स्वास्थ्य सुधारको लागि परिभाषित लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यले कार्यको पाठ्यक्रमहरू पछ्याउन सकेन , कुनै राम्रो निर्णय वा प्रतिबद्धताहरूको सेट केहि कार्य गरेको छैन । स्वास्थ्य योजना ( सामुदायिक स्वास्थ्य समस्याहरू परिभाषित गर्ने, आवश्यकता र स्रोतहरू पहिचान गर्ने, गाऊ (गाऊ नगर , महानगर सम्ममा २५ बर्ष अगाडी जस्तै छ। निजी अस्पतालको चाप बढेको छ। मापदण्ड बिपरित सस्थाहरु सन्चाल भैराहाछन ।
राष्ट्रिय स्वास्थ्य नीति, १९९१ ( नेपाल सरकारले सन् १९९१ मा राष्ट्रिय स्वास्थ्य नीति ल्यायो। यसको मुख्य उद्देश्य आधारभूत प्राथमिक स्वास्थ्य सेवाको विस्तार गरी ग्रामीण तहमा आधुनिक चिकित्सा सुविधा उपलब्ध गराएर बहुसंख्यक ग्रामीण जनताको स्वास्थ्य स्तरको स्तरोन्नति गर्नु थियो। लागु गर्नु भएको छैन । नेपाल सरकारले आफ्ना नागरिकहरूलाई आर्थिक कठिनाइ बिना गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लागू गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम हो। दुर्घटना वा रोगका कारण हुने स्वास्थ्य सेवा खर्चका कारण मानिसहरूलाई गरिब हुनबाट जोगाउन यो कार्यक्रम डिजाइन गरिएको थियो। नेपालको स्वास्थ्य सेवा आवश्यकतालाई अझ राम्रोसँग सम्बोधन गर्न प्याकेज विस्तार गरिएको थियो। मानसिक स्वास्थ्य, मौखिक स्वास्थ्य, वातावरणीय स्वास्थ्य, समुदायमा आधारित नवजात शिशु हेरचाह, र समुदायमा आधारित पोषण हेरचाह र समर्थन कार्यक्रम सहित केही थप कार्यक्रमहरू थपिएका थिए।स्वास्थ्य समस्याहरू पहिचान गर्न र समाधान गर्न सफल हुन अनुमति दिने हो।

योजना किन महत्त्वपूर्ण छरु यसले हामीलाई हाम्रा लक्ष्यहरू स्पष्ट रूपमा पहिचान गर्न मद्दत गर्छ। यसले हामीलाई हामीले चाहेको समाजमा प्रभाव पार्न हामीले के गर्नुपर्छ भनेर स्पष्ट र ठोस रूपमा निर्णय गर्छ। यसले हामीलाई योजना प्रक्रियामा सबैलाई समावेश गरेर हामी सबैले हाम्रो लक्ष्य र त्यसमा पुग्न हामीले के गर्नुपर्छ भन्ने कुरा बुझ्छौं भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।
अर्को तिर स्वास्थ्य कर्मीहरुको कमी हुन् थालेको छ। नेपालले स्वास्थ्य सेवा चिकित्सक, नर्स र प्यारामेडिकको अभाव झेल्दै आएको थियो ।प्रमुख समस्या के के छन् भन्दा आधारभूत मातृस्वास्थ्य सेवामा पहुँच नहुनु, कठिन भौगोलिक भूभाग, कम विकसित यातायात र सञ्चार प्रणाली, गरिबी, अशिक्षा, समाजमा महिलाको न्यून हैसियत, राजनीतिक द्वन्द्व, स्वास्थ्यकर्मीको अभाव र हाल उपलब्ध सेवाको उपयोगमा कमी हुनु प्रमुख कारण हुन् । सेवारत कर्मचारिलाई कुटपिट गर्ने गराउने राज्य ब्यबस्था मुक्दर्सक भएर बस्छन।

सरकारले स्वास्थ्यकर्मीहरूको जायज आन्दोलन ब्यवास्ता गर्नु , आकर्षक तलब र राम्रो काम गर्ने र जीवनयापनको अवस्था र क्यारियरको उन्नतिको अवसरहरू जस्ता विभिन्न कारकहरूद्वारा बाध्य छन् स्वाथ्य कर्मी ऋण लिएर पढेका स्वास्थ्य कर्मीलाई नेपाल बस्नु कि पलायन हुनु भा छ , यो बेरोजगारी, सीप विकास विकल्पहरूको अभाव र अपर्याप्तता आम्दानी का कारण, सुरक्षाब्यबस्था कम्जोर हुनु , समयको साथ बोनस ब्यबस्था छैन , पारिश्रमिकले खान लाउन नपुग्नु बैंक ब्याजले आमाबाबु घर लिमाम हुने अवस्था आउनुले देश छोडेर विदेशको जागिर खोज्नेको लर्को देखिन्छ। रोजगारीका विकल्पहरूको अभाव, नै मुख्य कारण बनेको छ। कति भयो लोकसेवा नखुलेको , स्वास्थ्यकर्मीहरूको अन्तर्राष्ट्रिय प्रवासले विशेष गरी भर्ती प्रक्रियाको नैतिकताको वरिपरि धेरै बहसहरू जन्माएको छ।नेपालमा संक्रमितको संख्या बढ्दै गएको परिप्रेक्ष्यमा हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रालयको नेतृत्वको निर्णायक मूमिका खोजिरहेको छ। कम्जोर नीति निर्देशनक कारण नेपालले स्वास्थ्यकर्मीहरूको असमान वितरण र बसाइँसराइको अनुभव गरेको छ जसले गर्दा देशको अधिकांश भागमा स्वास्थ्यकर्मीहरूको गम्भीर अभाव छ।हामीले डाक्टरहरूको नर्सहरुको र प्यारमेडिक्लहरुको मनोबल बढाउन पनि आवश्यक छ ।हिंसा तुरुन्त अन्त्य गर्न जरुरी छ ।बिरामी पार्टीसँग किन द्वन्द्व हुन्छ अस्पताल ब्यबस्थाकले सोच्नु पर्छ। बिमारी वा बिमारी हेरचाह गर्ने व्यक्तिलाई स्पस्ट जानकारी दिनु पर्छ। सबै कर्मचारीहरू (डाक्टर, नर्स र सहायक नर्स मिडवाइफहरू) सबैको कार्य छेत्र विस्तार गरि , तलब प्रशिक्षण र थप अध्ययन अवसरहरु पुरस्कृत नीति अपनाउनु पर्छ। अनिमात्र सबैको मन नेपालमा बस्ने काम गर्ने स्वाबलम्बी बन्ने हुन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend