खबरब्रेकिंग,काठमाडौँ पुस २६ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बिहीबार भुवापर्व मनाइँदै छ। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ। भुवापर्व पुसे औँसीमा शुरू भई तीनदेखि पाँच दिनसम्म मनाउने गरिन्छ।
बझाङ, बाजुरा र अछाम जिल्लाका बासिन्दाले यो पर्व उल्लासपूर्वक मनाउँछन्। तर, पछिल्लो समय कैलाली र कञ्चनपुरमासमेत मनाउन थालिएको छ।
यसैबीच, पर्वको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बिहीबार प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend