शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौँ पुस २० गते । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
त्यस्तै बिहान ९ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेन्सनपीडित शिक्षक सङ्गठन, नेपाल राहत शिक्षक संगठनलगायतसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था प्रत्यायोजित विधायन र सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend