शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

खबरब्रेकिंग,काठमाडौँ पुस २० गते । नेकपा एमालेको सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार बस्दैछ। पौने १ बजे शुरु हुनेगरी बैठक बोलाइएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ। एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो। सिफारिस उम्मेदवारबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने तयारी एमालेले गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend