भक्तपुर । इन्द्रकमल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमी–२, लोकन्थली भक्तपुरको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले कौशलटारस्थित कौशलटार प्यालेसमा साधारणसभा आयोजना गरेको हो।
साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा ऋण उपसमितिको प्रतिवेदनलगायतका विषयमा छलफल गरिएको थियो। सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र साधारणसभाका निर्णय प्रमाणित गर्ने प्रतिनिधि चयनलगायतका प्रस्तावमाथि समेत छलफल गरेको थियो।
सभाका अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी तथा असल बचतकर्ता र असल ऋणीलाई सम्मान गरेको छ। उत्कृष्ट कर्मचारी व्यवस्थापकतर्फ जयन्ती आचार्यलाई सम्मान गरिएको थियो। त्यसैगरी असल बचतकर्तातर्फ शान्ता गिरी र दुर्गा अधिकारी तथा असल ऋणीतर्फ भरत भारती र गीता अधिकारीलाई सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारणसभामा शेयर सदस्य, सञ्चालक समिति तथा संस्थासँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। साधारणसभाले संस्थाको आगामी कार्यदिशा, वित्तीय व्यवस्थापन तथा सदस्यहितका विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको जनाइएको छ।अध्यक्ष चेतोनाथ गौतमको सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend