आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

ज्ञानज्योति महिला उत्थान सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न

ज्ञानज्योति महिला उत्थान सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले  नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्केटमा साधारणसभा सम्पन्न गरेको हो।

साधारणसभामा संस्थाकी अध्यक्ष बिना बुधाचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाबारे मन्तव्य व्यक्त गरिन्। उनले संस्थाको वित्तीय अवस्था, सदस्यहितका कार्यक्रम तथा सहकारीको आगामी योजनाबारे जानकारी गराइन्।

त्यसैगरी, संस्थाकी कोषाध्यक्ष कविता राईले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्। प्रतिवेदनमा संस्थाको आर्थिक अवस्था तथा वित्तीय गतिविधिबारे जानकारी गराइएको थियो।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनलगायतका विषयमा छलफल गरिएको थियो। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित कार्यक्रम तथा बजेट, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, आन्तरिक कार्यविधि तथा विनियम संशोधन, शेयर लाभांश एवं संरक्षित पूँजीकोष वितरण र समिति तथा व्यवस्थापकको सेवा सुविधासम्बन्धी प्रस्तावमाथि समेत छलफल तथा निर्णय गरिएको थियो। संस्थाले साधारणसभामार्फत सहकारीको आगामी कार्यदिशा, संस्थागत सुशासन र सदस्यहितका विषयलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend