काठमाडौं । सिन्धु काठमाडौं बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–७, चावहिलमा रहेको संस्थाले धुम्बाराहीस्थित दियो बैंक्वेटमा साधारणसभा आयोजना गरेको हो।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनलगायतका विषयमा छलफल गरिएको थियो।
सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, व्यवस्थापकको पारिश्रमिक अनुमोदन र साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयनसम्बन्धी प्रस्तावमाथि समेत छलफल गरेको थियो। संस्थाको सञ्चालक समितिमा रिक्त रहेको कोषाध्यक्ष पदको निर्वाचनसम्बन्धी विषय पनि साधारणसभाको कार्यसूचीमा समावेश गरिएको थियो।
साधारणसभाको अवसरमा संस्थाले शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रमसमेत आयोजना गरेको थियो। एसईई, स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तह उत्तीर्ण गरेका शेयर सदस्य वा सदस्यका परिवारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखिएको थियो। त्यसैगरी, ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रमसमेत समावेश गरिएको थियो। संस्थाले साधारणसभा सदस्यहरूको सहभागिता, संस्थागत पारदर्शिता र सहकारीको समग्र विकासका लागि महत्वपूर्ण अवसर भएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend