काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ठूलोबाबु श्रेष्ठले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
संविधान नेपाली जनताको संघर्ष, बलिदान, अधिकार र साझा भविष्यको संकल्प भएको उल्लेख गर्दै श्रेष्ठले लोकतन्त्र र परिवर्तनका लागि योगदान पुर्याउने सम्पूर्णप्रति उच्च सम्मान तथा सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले संविधानको मर्मअनुसार सुशासन, सामाजिक न्याय, विधिको शासन, उद्यम, रोजगारी र नागरिकको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। नयाँ पुस्ताको आवाज र जनअपेक्षालाई सम्मान गर्दै संवाद, सहकार्य र राष्ट्रिय एकताका साथ समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
श्रेष्ठले संविधानको सम्मान गर्दै राष्ट्रिय एकता बलियो बनाउन तथा अधिकारसँगै कर्तव्य र विकाससँगै न्यायलाई आत्मसात् गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्। उनले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
श्रेष्ठ ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सम्पर्क प्रदेश, बागमती प्रदेशका सह–इन्चार्ज हुन्। उनी लायन्स क्लब पाँचपोखरी र नागिनी खोला टोल सुधार समितिका अध्यक्षसमेत रहेका छन्। त्यसैगरी, उनी स्मार्ट भ्यालीका प्रोप्राइटर तथा स्मार्ट भ्याली इन्फ्रास्ट्रक्चर प्रा.लि.का सञ्चालकका रूपमा व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend