सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं उपत्यकाको नयाँ स्मार्ट सिटी के हो ?

काठमाडौं उपत्यकाको नयाँ स्मार्ट सिटी के हो ?

भक्त के सी

खबरब्रेकिंग,काठमाडौँ,असार ३० गते । काठमाडौं उपत्यकाको नयाँ स्मार्ट सिटी के हो ? करिब ५०/६० लाख जनसंख्या भएको काठमाडौं उपत्यका नेपालको सबैभन्दा विकसित र सबैभन्दा ठूलो सहरी समूह हो।
काठमाडौं उपत्यकामा चार नयाँ सहर थपिएका छन् नेपाल समाचार नेपालको राष्ट्रिय योजना आयोग (NPC) ले सन् २०१६ मा नेपालका लागि स्मार्ट सिटीसम्बन्धी अवधारणापत्र जारी गरेको थियो, जसमा स्मार्ट सहरलाई दिगो रूपमा परिभाषित गरिएको थियो।प्रस्तावित चार सहरमध्ये दुई भक्तपुर र एक–एक काठमाडौं र ललितपुर जिल्लामा छन् । काठमाडौं महानगरपालिकाका अध्यक्ष भाइकाजी तिवारीले नेपाल सरकारले काठमाडौंलगायत देशका अन्य स्थानमा स्मार्ट सिटीको रुपमा चिनिने गरी निर्माण गर्ने तयारी गरिरहेको छ भन्नु भएको थियो ।काठमाडौँ उपत्यका विकास प्राधिकरण नया नगर स्मार्ट सिटी निर्माण गर्ने भनेर ६ बर्षदेखी जग्गा रोकेर राखेको छ। स्थानीय मर्कामा छन्। अर्थ मन्त्रालयमा यस सम्बन्धमा फाइल नै छैन भन्छन। कुनै प्रकारको एक अर्कासंग तालमेल नै छैन जस्तो देखिन्छ ,नागरिकका जग्गा रोकेर राख्दा जग्गाधनी पिडित छन्। काठमाडौँ उपत्यकामा मात्र १ लाख ३० हजार रोपनी जग्गा रोकेको छ। हाल आएर नया नगर योजनाका लागि आर्थिक स्रोत नहुदा योजना अलपत्र रहेको बुजिन्छ।
प्रस्तावित सहरमा काठमाडौं इसान, काठमाडौं अग्नि, काठमाडौं दक्षिणपश्चिम र काठमाडौं उत्तर आदि छन् । प्रस्तावित नगरका चार किल्लाभित्रका कुनै पनि घरजग्गालाई सरकारको स्वीकृतिबिना भौतिक रूपमा हेरफेर गर्न वा भत्काउन प्रतिबन्ध लगाइएको लामो समय भइसकेको छ ।नेपालमा स्मार्ट सिटी आयोजनायस प्रकार छन्।
तीनवटा स्मार्ट सहरहरू; लुम्बिनी, निजगढ र पालुङटार हालै वैचारिक योजनाको चरणमा प्रवेश गरेका छन् । अन्य १० स्मार्ट सहरहरू; धनकुटा, मिर्चैया, काभ्रे उपत्यका, चन्द्रपुर, भरतपुर, तुलसीपुर, टीकापुर, दुल्लु र अमरगढी योजनाको प्रक्रियामा छन्।
स्मार्ट सिटी अबधाराणा , उदाहरणका लागि, स्मार्ट पार्किङले ड्राइभरहरूलाई पार्किङ ठाउँ फेला पार्न र डिजिटल भुक्तानीको लागि अनुमति दिन मद्दत गर्न सक्छ। अर्को उदाहरण ट्राफिक प्रवाहको अनुगमन गर्न र भीड कम गर्न ट्राफिक बत्तीहरू अनुकूलन गर्न स्मार्ट ट्राफिक व्यवस्थापन हुनेछ, जबकि सवारी साझेदारी सेवाहरू पनि स्मार्ट सिटी पूर्वाधारद्वारा व्यवस्थित गर्न सकिन्छ।सरकारले लुम्बिनी, निजगढ, पालुङटार, धनकुटा, मिर्चैया, काभ्रे उपत्यका, चन्द्रपुर, भरतपुर, वालिङ, तुलसीपुर, दुल्लु, टीकापुर गरी १३ वटा स्मार्ट सहर बनाउने योजना ल्याएपछि २०१६ मा नेपालमा स्मार्ट सिटी बनाउने विचार आएको थियो । , अमरगढी र वालिङ समेत छन्।
काठमाडौँ महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने मूल नारासहित ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा-२०७५’ को सुभारम्भ गरेको थियो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको सुरुआत गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदभार ग्रहण गरेपछि , काठमाडौं महानगरमा छिट्टै स्मार्ट ट्वाइलेट सुचारु गरे ,बाटोघाटो , फोहोर ब्यबस्थापन भएको देखिन्छ। अतिक्रमित जग्गाका घरटहरामा चलाइए डोजर विकास निर्माणको सुरुवात गरेको देखिन्छ। कुनै पनि शहर ‘स्मार्ट सिटी’ हुनलाई त्यहाँका भवन, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, शिक्षा सरकारदेखि जनतासम्म ‘स्मार्ट’ हुनुपर्छ ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन महानगरलाई स्मार्ट सिटी बनाउने योजना निरन्तर अघि बढिरहेको बताउँछन् ।नेपालका कुनै शहर पनि ‘स्मार्ट’ छैनन् । स्मार्ट सिटी बनाउन गर्नुपर्ने धेरै काम छन् । खाल्डाखुल्डी पुर्न महीनौं लाग्ने, ढलमा बगेर बालिकाले ज्यान गुमाउनुपर्ने, ट्राफिक बत्तीहरू नबल्ने अवस्था हेर्दा त काठमाडौं ‘स्मार्ट सिटी’ बन्ला भन्नेमा धेरै शंका नै हुन्छ । करीब ३० वर्षमा चुनिएर आएका नयाँ जनप्रतिनिधिको प्रारम्भिक गतिविधिले त्यो शंकालाई अझ् बढाइदिएको छ ।नया लिडर प्रति नागरिकको आश छ।
काठमाडौंलाई साँच्चै ‘स्मार्ट सिटी’ बनाउने हो भने उनीहरूले शून्यबाट काम शुरू गर्नुपर्ने अवस्था छ । त्यसका लागि आफ्नो सेवा–सुविधाभन्दा जनताको साथ–सहयोगमा अघि बढ्ने जमर्को थालेर सबैलाई आश्वस्त पार्नुपर्छ ।सबभन्दा पहिले ‘स्मार्ट सिटी’ बनाउने व्यावहारिक र ठोस योजना चाहियो । त्यसका लागि अनुसन्धानदेखि योजना बनाउने र कार्यान्वयन गर्नेसम्मका काम गर्न कुशल नेतृत्वसहितको विज्ञको शक्तिशाली निकाय बनाउनु उचित हुन्छ । अन्य देशका अभ्यास हेर्दा हाम्रा मेयर बालेन शाहले कार्यकारी प्रमुखले त्यस्तो निकायको नेतृत्व गर्न सक्ने देखिन्छ ।
अहिले जनप्रतिनिधि एकोहोरो तरीकाले ‘स्मार्ट सिटी’ बनाउने भनिरहेका छन् । जनतालाई ‘स्मार्ट सिटी’ के हो, कसरी बनाउने, त्यसमा कसको के भूमिका हुन्छ, यसबाट के फाइदा हुन्छ भन्ने जस्ता विषयमा जानकारी गराउने काम भने भएको देखिंदैन ।चेतनामूलक गतिविधि छैन.
त्यसकारण, ‘स्मार्ट सिटी’ को लागि जग्गा अधिग्रहणदेखि अन्य प्रक्रियासम्मका कुरामा जनतालाई जनप्रतिनिधिले नै सुसूचित गर्न थाल्नु उत्तम हुन्छ । यो उनीहरूको दायित्व पनि हो । त्योसँगै लगानीको जोहो गर्नेतिर पनि लागियो भने नेपालमा थुप्रै ‘स्मार्ट सिटी’ बन्न सक्छन् । सरकारले तानिएको जग्गाको बक्यौता जनतालाई तिर्नुपर्छ।
काठमाडौँ नगर प्रमुख बाट उपत्यका नागरिकले ठुलो आश लगाएर बसेको देखन्छ। हाल सम्म सार्बजनिक रुपमा मेयर बालेन शाहले केहि बोलिरहेको अवस्था छैन।
मन्त्रालयले चरणवद्धरुपमा स्मार्ट सिटीको कामलाई अघि बढाउने योजना बनाएर काम गरिरहेको छ ।
स्मार्ट सिटीमा आधुनिक पूर्वाधार, सूचना प्रविधि, मनोरञ्जन पार्क, खुल्ला क्षेत्र, बगैँचा, खेलकुद मैदान, व्यवस्थति शौचालय लगायतका सुविधाहरु हुनेछन् ।
शहरी विकास मन्त्रालयका अनुसार पहिलो चरणमा रुपन्देहीको लुम्बिनी स्मार्ट सीटी, गोरखाको पालुङटार र बाराको निजगढ स्मार्ट सीटी बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको छ ।
त्यस्तै, दोश्रो चरणमामा धनकुटा बजार, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेको काभ्रे उपत्यका, चितवनको भरतपुर, स्याङजाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डढेलधुराको अमरगढी र कैलालीको टिकापुरलाई स्मार्ट सिटी बनाइने छ ।
त्यसैगरी, मध्यपहाडी लोकमार्गमा पर्ने १२ वटा नयाँ शहर निर्माणको काम पनि भइरहेको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गको अवधारणासँगै लोकमार्गमा पर्ने बिभिन्न स्थानमा सुविधा सम्पन्न शहरको विकास गर्ने सरकारको एक दशक अघिको घोषणा थियो ।
मध्य पहाडी लोकमार्गमा पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे–भन्सार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम–कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरिगंगा र प्युठानको भिंग्री नयाँ शहर निर्माण भइरहेको छ ।
त्यसैगरी, तराईको हुलाकी लोकमार्गमा झापादेखि कञ्चनपुरसम्म १० वटा नयाँ शहरको अध्ययन धमाधम भइरहेको मन्त्रालयले जनाएकोछ ।
झापामा गौरीगञ्ज, मोरङमा रंगेली नयाँ शहर, महोत्तरीमा मनरा नयाँ शहर, रौतहटमा मौलापुर नयाँ शहर, सर्लाहीमा ब्रम्हपुर नयाँ शहर, बारामा गढीमाई नयाँ शहर, नवलपरासीमा बर्दघाट नयाँ शहर, बर्र्दियामा राजापुर, कैलालीमा भजनी र कञ्चनपुरमा बेलैरीलाई स्मार्ट सिटी बनाइनेछ ।
मन्त्रालयका अनुसार तराईका बिभिन्न जिल्लामा थप ५ स्मार्ट सिटी बनाइनेछ । सप्तरीको शम्भुनाथ नयाँ शहर, महोत्तरीको बलवा नयाँ शहर, सर्लाहीको इश्वरपुर नयाँ शहर, रौतहटको कटहरिया नयाँ शहर र दाङमा गढवा हुन् ।स्मार्ट शहर भनेको प्राविधिक रूपमा आधुनिक सहरी क्षेत्र हो जसले विशिष्ट डेटा सङ्कलन गर्न विभिन्न प्रकारका इलेक्ट्रोनिक विधिहरू दैनिक उपभोग्य बस्तु देखि सुबिदा सम्पन्न बनाउने र सेन्सरहरू प्रयोग गर्ने देखि जीवन सैली अनुसासित बनाउने । संकलित डाटाबाट प्राप्त जानकारीलाई सम्पत्ति, स्रोत र सेवाहरू कुशलतापूर्वक व्यवस्थापन गर्न प्रयोग गरिन्छ, उपलब्ध त्यो डाटा शहर भर सञ्चालन सुधार गर्न प्रयोग गरिन्छ।साँच्चिकै स्मार्ट सहर भनेको थप समावेशी, बस्न योग्य र दिगो सहरी वातावरणलाई आकार दिन प्रविधि र नवीनता प्रयोग गर्ने हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend