खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ गते । रामेछापको खाँडादेवी गाउँपालिका–२ स्थित सित्खा बजारबाट प्रहरीले खसी चोरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ छन् ।
हिमालले चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप छ । चोरीको खसी सित्खा बजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । तामाङ विरुद्ध चोरी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend