भक्त के सी
खबरब्रेकिंग , काठमाडौं २०७९ फागुन १५ गते। राजनीतिक दलका नेता, मतदाता र निर्वाचन रणनीतिबीच विशेष सम्बन्ध हुन्छ । नेताहरू सदैव मतदाता रिझाउने नाराको खोजीमा हुन्छन् । यसबाट मतदातासमेत प्रभावित भएको पाइए पनि उनीहरू खासमा दलले आफूअनुकूल नीति र कार्यक्रम ल्याओस् भन्ने सोच्छन् ।राजनीतिकर्मीहरू व्यक्तिवादी होइन, विचारवादी हुनुपर्छ । राजनीति व्यक्तिवादी हुन्छ। अझ, निष्ठाच्यूत राजनीतिज्ञ नग्न व्यक्तिसरह हुन्छ। मानिसमा व्यक्तिवादी प्रवृति हावि हुँदै जान्छ । गुटबन्दी गर्ने, व्यक्तिवादी बन्ने, हरेक राजनीतिमा आ–आफ्नै विचार दृष्टिकोण र सिद्धान्त हुन्छ । व्यवसायी तथा इलमीहरू राजनीतिक प्रभाव परिचालनमा माहिर हुन्छन् । पेशाकर्मीहरूको जमात राजनीति पार्टीको भरन पोषण गर्ने गर्दछन । अब देश बनाउन जुटौं, गुमाउनका लागी बाँकी केहि छैन । परिवर्तन र समाजको विकास प्राकृतिक एवं निरन्तर चलिरहने प्रक्रिया हो ।राजनीति देश सञ्चालनको मियो हो जुन समय सँगै परिवर्तन हुँदै नयाँपनको विकास गर्छ । सामान्यतया विकास भन्नाले समाजमा हुने सकारात्मक परिवर्तन हो । सामाजिक विकास भनेको व्यक्ति तथा समाजको सुखसमृद्धि अभिवृद्धि गर्नु, सामाजिक आवश्यकता हो । परिभाषा: सामाजिक परिवर्तन सांस्कृतिक, संरचनात्मक, आबादी, सामाजिक व्यवहार परिवर्तन भन्नाले लक्षित समूहको सक्रिय सहभागितामा समाजमा हो , राजनीतिक परिवर्तन भए पनि जनताको आर्थिक स्थिति सुध्रिएन अर्कोतिर राष्ट्रिय हितको हिसावले पनि हाम्रो राष्ट्रिय बिकासको स्थिति अत्यन्तै नाजुक रहन गयो । राष्ट्रलाई सार्वभौमसत्ता सम्पन्न र बलियो बनाउन राष्ट्रिय श्रोत साधनको परिचालन राष्ट्र र जनताको हितमा प्रयुक्त गरिने प्रष्ट र पारदर्शी नीति अख्तियार गरिनु अत्याबश्यक हुन्छ ।
औद्योगिक क्षेत्रको पुनरुत्थान गर्नु पर्छ , सिमेन्ट कारखाना, इँटा कारखाना, चिनी मिल, कपडा मिल, जुट उत्पादन कारखाना, औजार कारखाना, फाउण्ड्री र औद्योगिक रसायन तथा मल कारखाना पर्दछन् । नेपालका प्रमुख उद्योगहरूमा पर्यटन, गलैंचा, कपडा, साना धान जुट, चिनी र तिलहन मिलहरू समावेश छन्; चुरोट, सिमेन्ट र इँटा कारखाना। साना स्तरको खाद्य प्रशोधन (चामल, गहुँ र तेल मिलहरू) बाहेक, हल्का उद्योग, धेरै हदसम्म दक्षिणपूर्वी नेपालमा केन्द्रित, जुटका सामानहरू, परिष्कृत चिनी, चुरोट, माची, काता कपास र सिंथेटिक कपडाहरू, ऊन, जुत्ता, ट्यान्ड उत्पादन समावेश गर्दछ। छाला, र चिया। गलैंचा, गार्मेन्ट र स्पिनिङ उद्योगहरू तीनवटा ठूला औद्योगिक रोजगारदाता हुन्, त्यसपछि संरचनात्मक माटोका उत्पादनहरू, चिनी र जुट प्रशोधन। भूमि, कृषि तथा सहकारी क्षेत्रको दिगो विकास, खाद्य सम्प्रभुता, आत्मनिर्भर ,कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवर्द्धन गरी निर्यात गर्ने अवस्था सिर्जना गर्ने।एकीकृत कृषि, पशु सेवा, भूमि र सहकारी क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने। एकल महिला, जनजाति, आदिवासी, दलित लगायत पिछडिएको समुदायमा लक्षित भूमि, कृषि, तथा सहकारी सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने।
चक्लाबन्दी गरी कृषिको समग्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने। “One Health Approach” मा आधारित वातावरण विकास तथा पशुपन्छी रोग न्यूनीकरण गर्ने।
स्थानीय र रैथाने जातका कृषि तथा पशुपन्छीहरुको संरक्षण र प्रवर्द्धन गरी जैविक विविधताको संरक्षण एवं उपयोग गर्ने दिगो भूमि व्यवस्थापन, कृषि र सहकारीको माध्यमबाट प्राष्ट्रब्यापी खाद्यान्नमा आत्मनिर्भर बनाई उच्च र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने।
युवाहरुलाई परिचालन गर्न प्रोत्साहन गर्ने । कृषिमा आधारित विभिन्न फलफूल, दुध, दुधजन्य पदार्थ उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदान प्रणालीलाई प्रतिफलमा आधारित बनाइने ।
सिंचित क्षेत्र विस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्न डिप बोरिङ्ग, लिफ्ट सिंचाइ, थोपा सिंचाई, सोलार सिंचाइ जस्ता कार्यक्रम सञ्चालन गर्ने । आकाशे पानी सङ्कलन, भण्डारण, प्लाष्टिक पोखरी, तालतलैयाको उपयोगवाट कृषियोग्य जमिनमा थप सिँचाइको सुविधा पुर्याऊने । प्राकृतिक ताल तलैया संरक्षण एवं नयाँ ताल तलैया निर्माण गरी मत्स्यपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने। प्राकृतिक बनोट, हावापानी, सांस्कृतिक विविधता, सस्तो गन्तव्य आदिका कारण नेपालमा प्रचुर सम्भावना भएको क्षेत्र पर्यटनलाई दु्रतर विकास गरी विदेशी मुद्रा आर्जनको क्षेत्र रेमिट्यान्सबाट पर्यटन सेवातर्फ उन्मुख गराउन आवश्यक छ । यस क्षेत्रको विकासका लागि पहिलो आवश्यकता पूर्वाधारको विकास हो भने दोस्रो शान्ति सुरक्षाको प्रत्याभूति । नेपालको हावापानी र तुलनात्मक रूपमा सर्वसुलभ सेवा दिन सकिने कारण शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि धेरै सम्भावना छ , कृषि क्षेत्रको आधुनिकीकरण गरी कृषिमा उत्पादकत्व बढाउन मेसिनरी तथा उपकरणको अधिक प्रयोग, कृषि विशेषज्ञको विकास, किसानहरूलाई उल्लेख्य मात्रामा तालिम र कृषि सडक, सिंचाइ, बाढी-पहिरो नियन्त्रण जस्ता पूर्वाधार विकासमा जोड दिएमा नेपालले केही वर्षभित्रै दुई अंकको आर्थिक वृद्धि हासिल नगर्ला भन्न सकिन्न । राजनीतिक अनुयायीहरूले कार्यकर्ता , देशका नागरिकलाई दिगो जीवनको लागि सिकाउनुहोस् । इमानदार भरपर्दो राष्ट्रियताले तपाईंलाई सधैंभरि मद्दत गर्दछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend