बरिष्ठ पत्रकार श्रीधर खनाललाई पत्रकारिता तथा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तेस्रो राष्ट्रिय ओप्सना फिल्म एन्ड म्युजिक अवार्ड२०२६ मा सम्मान गरिएको छ।ओप्सना फिल्म्स प्रालिको आयोजनामा आइतबार काठमाडौंको चलचित्र विकास बोर्ड, चाबहिलमा आयोजित समारोहमा खनाललाई ‘Certificate of Appreciation’ प्रदान गरिएको हो। उनी Journalist (Apple Media) का रूपमा अवार्ड कार्यक्रमको पत्रकार समूहमा रहेर पुर्याएको योगदानका लागि सम्मानित भएका हुन्।सम्मानपत्रमा खनालले कार्यक्रममा पुर्याएको ‘invaluable contribution’ को प्रशंसा गर्दै सम्मान प्रदान गरिएको उल्लेख छ।कार्यक्रममा प्रमुख अतिथि विशिष्ट कलाकार मदनदास श्रेष्ठ, कार्यक्रम संयोजक पेमा शेर्पा राई, ओप्सना फिल्म्स प्रालिका प्रबन्ध निर्देशक ओमप्रकाश राई तथा निर्णायक अशोक लोहोरुङ राई लगायतको सहभागिता थियो।पत्रकार खनालले सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा अझ जिम्मेवार र सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताए।सञ्चारमाध्यमले कला, संस्कृति र सिर्जनशील क्षेत्रको प्रवर्द्धनसँगै समाजका सकारात्मक पक्षलाई उजागर गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ छ।तेस्रो राष्ट्रिय ओप्सना फिल्म एन्ड म्युजिक अवार्ड२०२६ मा विभिन्न विधाका कलाकार, सञ्चारकर्मी तथा चलचित्र–संगीत क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend