बिष्णु प्रसाद शर्मा,
नेपालमा राजनीतिक सिद्धान्त छैन । लप्सीको बिरुवामा उतीसको कलमी लगाए पछि लप्सी नै फलाउन सकिदैन । जरामा सिन्चन हुने पानीको महत्व पातबाट तैरिने सितले परिपूर्ति हुन सक्दैन । एक प्रकारको पराधिनताले गाँजिएको उपरिया इजहार आबेशको घडाले थेग्न सक्दैन । आर्टिलरी कसूरबन्द कसुरवारले कसै गरेर चमात्कारीक उर्जाशिल बातावरणको अग्रतामा उभिन कदापी सुहाउने होइन ।
आतंकको हौवाले जनमानसलाई प्रभावित बनाउनु कुनै अर्को बिकल्प र सहारा नपाउने अनकन्दारका बासीलाई एक दुई आर्टिलरी देखाएर आफनो समर्थनमा उभ्याउन र काँचा कचिला दिवा स्वप्नाको अत्तरिया प्रभावले दीर्घकालिन समर्थन मिल्ने पनि होइन । पदवी र पदावधीमा धेरै अन्तर भए झै आश्वासन र परिपूर्तिमा आकाश जमिनको फरक हुन्छ । आकाशमा बादल गर्जिने बित्तिकै बर्षात हुन्छ भनेर एकिन गर्नु गलत थियो । आरुको बोटमा आँप फलाउँछु भन्दैमा धेरै बिश्वास गर्नु साधारणको सामान्य भूल थिएन । आर्टिलरीबाट आज्मीएको उपहार औकातमा बिलय हुन्छ भनेर बुझन सक्ने अबस्था ती कुना र कन्दराहरुमा पक्कै थिएन । त्यसो त बुझेकाहरुलाई पनि ज्यानको र सम्पत्तिको मोह त थियो नै त्यो अबस्थामा त्यो भोर कुण्डमा हामिनुको अर्को बिकल्प पनि थिएन । तर यति लामो समय सम्म पनि पराधिन, अमूर्त, अमुकको खेलौन बनेर पछि लागिरहनु राष्ट, रष्टियता र स्वाधिनताको मर्मलाई केलाउन सकिएको छ भनेर किमार्थ भन्न मिल्दैन । मुखमा लगाउने नकाव (मुखुण्डो) अबस्था अनुरुप मात्रै प्रयोग गरिन्छ । राष्टहितको काममा लाग्ने भनेर गलत आश्वासन देखाएर फिरंगी बैरीहरुको दासतामा तमाम नागरिकहरुलाई पिल्स्याउनु अपराध हो भनेर बौद्धिकहरुले नबुझेका छैनन् । यो त बिना परिश्रमको कमाइमा रमाइलो ताण्डवनृत्य मात्रै हो र यो उत्तराधिकारीहरुका लागी अपराध गरिएको छ । चुनी रैतीको हितका लागी होइनन् भने उनीहरु चुनी रैती नी होइनन् । गुडविल किमार्थ होइन । गजेन्द्र मोक्षबाट बिभूषित हुनै सक्दैन । झेलबखेडाबाट प्राप्त हुन आएको राज्यसत्ताको सही सदुपयोग गर्न नसक्नेहरुलाई सत्तामातले उत्ताउलो बनाएको मात्र हो । कर्तव्य बोध होइन । यो झूटो प्रतिनिधित्वले कदापी देशले निकास पाउन सक्दैन । झाराली कार्यको प्रतिनिधित्व हो र जनताले धोका पाएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend