सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एमालेले आजै केही मन्त्री सरकारमा पठाउने

एमालेले आजै केही मन्त्री सरकारमा पठाउने

काठमाडौँ ११ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूलाई बालकोट बोलाएका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन ओलीले आफू निकट नेताहरूलाई बोलकोट बोलाएका हुन्।

महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू यति बेला बालकोट पुगिसकेका छन्। अध्यक्ष ओलीले आजै केही मन्त्री पठाउने तयारी स्वरूप नेताहरूलाई बोलाएर छलफल सुरु गरेका हुन् ।

एमालेबाट उपाध्यक्ष पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन्। पौडेललाई अर्थ मन्त्री बनाउने तयारी छ। त्यस्तै अन्य मन्त्रीहरूको पनि आजै टुङ्गो लगाइने भएको छ। एमालेबाट कम्तिमा ६ जना मन्त्री सरकारमा सहभागी हुने बुझिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend