सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

डा. कमल थिङ प्रजातान्त्रिक पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष तथा जनजाति विभाग प्रमुखमा मनोनीत

डा. कमल थिङ प्रजातान्त्रिक पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष तथा जनजाति विभाग प्रमुखमा मनोनीत

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले डा. कमल थिङलाई केन्द्रीय उपाध्यक्ष तथा जनजाति विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको छ। कार्तिक १५ गते पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष डा. तारानाथ लुइँटेलले थिङलाई उक्त जिम्मेवारीमा मनोनीत गरेका हुन्।

त्यसैगरी डा. प्रज्ञाप्रसाद शर्मालाई पनि अध्यक्ष लुइँटेलले पार्टीको जिम्मेवारीमा मनोनीत गरेका छन्। पार्टीले उनीहरूको अनुभव, क्षमता र नेतृत्वलाई संगठन निर्माण तथा पार्टीको उद्देश्य प्राप्तिका लागि उपयोग गर्ने विश्वास व्यक्त गरेको छ।

पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलको सचिवालयका अनुसार डा. कमल थिङको अनुभव र नेतृत्वबाट जनजाति समुदायका हकहित, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

नयाँ जिम्मेवारीसँगै पार्टीको संगठनात्मक सुदृढीकरण, जनजाति समुदायको प्रतिनिधित्व तथा उनीहरूका सवाललाई पार्टीको नीतिगत र सांगठनिक तहमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास सचिवालयले व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend