काठमाडौँ ११ पुष । नेकपा माओवादी (केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पेरिसडाँडास्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो । सरकारमा समावेश हुने मन्त्रीका बारेमा आजको बैठकमा छलफल हुने छ ।
यस्तै, आफ्नो नेतृत्वमा सरकार गठन भए पनि सरकारमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बारे छलफल हुने छ । विकसित राजनीतिक घटना क्रमका बारे र आगामी रणनीतिबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्ने एक नेताले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend