सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नवनिर्वाचित सांसद्लाई एमालेले दियो यस्तो निर्देशन

नवनिर्वाचित सांसद्लाई एमालेले दियो यस्तो निर्देशन

फाइल तस्बिर।
काठमाडौँ ७ पुस । नेकपा एमालेले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्लाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ।

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएका हुन्।

पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउनसमेत अनुरोध गरेको छ। एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट जितेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend