काठमाडौं ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
आज बिहान कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत ल्याएर निर्वाचित भएका हुन । गगन थापाले २५ मत मात्र प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend