सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) को नवौं वार्षिक साधारणसभा सम्पन्न

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) को नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंसिर २९ गते बिहिबार हात्तिसारस्थित अरण्य बुटिक होटलमा संचालक समितिका अध्यक्ष रविन कुमार नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारणसभाले नेप्स संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १०५ का दरले हुन आउने रकम रु १,७६,००,००० (एक करोड छैहत्तर लाख रुपैयाँ) बराबरको नगद लाभांश (लाभांश कर समेत) पारित गरेको छ ।

समिक्षा आर्थिक वर्षमा कम्पनीले आयकरपश्चात् रु ५ करोड १८ लाख ७२ हजार खुद मुनाफा आर्जन गरेको छ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, एवं लेखा परिक्षकको प्रतिवेदनसहितको २०७९ अषाढ मसान्तको वासलात र मिति २०७८/०४/१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वित्तीयविवरणहरु छलफलसहित पारित गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend