काठमाडौं । जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हेमराज आचार्यको सभापतित्वमा पुष २ गते सम्पन्न सभामा पूर्वसहसचिव एवं सहकारीविज्ञ प्रेमराज जोशी , हेराल्ड ईन्टरनेशनल कलेजका संस्थापक नारायण प्रसाद उपाध्यय लगायतको आतिथ्य रहेको थियो।
साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि हेमराज आचार्यकै अध्यक्षतामा नयाँ संचालक समितिको निर्विरोध चयन गरेको छ।
संस्थाले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट शेयरसदस्यहरुलाई १७.३१ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।
साधारणसभाले अध्यक्षबाट प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आ व २०७८/७९ को वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि सभाबाट पारित भएका छन् ।
समिक्षा आवमा शेयर पूंजी रु ३ करोड ७२ लाख ९७ हजार पुगेको संस्थाले यस वर्ष आफ्नो कार्यक्षेत्र विस्तार गर्दै काठमाडौं महानगरपालिकाका सम्पुर्ण वडाहरु थप गरेको छ। त्यस्तै , संस्थाले यस वर्षबाट तारकेश्वर ७ स्थित आफ्नै भवनमा कार्यालय संचालनको थालनी गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend