सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिभिक बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा सम्पन्न

सिभिक बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा सम्पन्न

काठमाडौं ४ पुष। सिभिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रमेश किशोर श्रेष्ठको सभापतित्वमा पुष २ गते शनिबार लैनचौरस्थित लैनचौर बैंकेटमा सभा सम्पन्न भएको हो।

साधारणसभाले अध्यक्षबाट प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक विवरण पनि सभा बाट पारित भएका छन् ।

समिक्षा आवमा शेयर पूंजी रु २ करोड ९२ लाख ७५ हजार रहेको यस सहकारीले कर्जा लगानी र अन्यबाट रु ४ लाख ४० हजार १ सय मुनाफा आर्जन गरेको छ। संस्थाले आव २०७९/८० को अन्त्य सम्ममा शेयर पूंजी अभिवृद्धि गरि रु।३ करोड ५० लाख पुर्याउने लक्ष्य राखेको छ।

अध्यक्ष श्रेष्ठले संस्थालाई अझ बढी प्रभावकारी ,सेवामुखी र सबल संस्थाको रूपमा विकास गर्दै आयमा विविधीकरण गर्दै जाने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend