सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघरमा मौन धर्ना

रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघरमा मौन धर्ना

काठमाडौं १ पुस । टीकापुर घटनामा दोषी ठहर थारू नेता रेशम चौधरीलगायतको रिहाइको माग गर्दै नागरिक उन्मुक्ती पार्टीले माइतीघरमा मौन धर्ना दिएको छ । नेता चौधरी राजबन्दी भएको भन्दै रिहाइको माग गर्दै शुक्रबार नागरिक उन्मुक्ति पार्टीले मौन धर्ना दिएको हो । सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने, दुई वर्षे नाबालकसहित प्रहरी र सशस्त्र बलका ८ जनाको मृत्यु भएको थियो ।

घटनामा ८ जनाको ज्यान गएपछि उक्त आन्दोलनका मुख्य योजनाकारको अभियोगमा रेशम चौधरी र उनका सहयोगी आन्दोलनकारीलाई दोषी ठहर गर्दै जेल चलान गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend