सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

दाहाल र केसीबीच भेटवार्ता

दाहाल र केसीबीच भेटवार्ता

काठमाडौँ २६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । नेता केसीले सोमबार दिउँसो सिंहदरबारमा अध्यक्ष दाहालसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई नेताबीच चुनावी परिणाम, नयाँ सरकार गठन र संसद् सञ्चालन लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको थियो ।

नेता केसीले अध्यक्ष दाहालसँग सामान्य शिष्टाचार भेट गरेको बताए । ‘भेट भयो, बधाइ र शुभकामना आदान प्रदान भयो,’ उनले भने, ‘अहिलेको चुनावी परिणाम, सरकार सञ्चालन लगायत विषयहरुमा पनि छलफल भयो ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend