सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जसपा कार्यकारिणी समितिको​ बैठक सुरु, बैठकले समानुपातिक सांसदको टुङ्गो लगाउने

जसपा कार्यकारिणी समितिको​ बैठक सुरु, बैठकले समानुपातिक सांसदको टुङ्गो लगाउने

काठमाडौं २४ मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य चयनलगायतको विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो ।

जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा ५ गरी १२ सिट जितेको छ । त्यस्तै प्रदेश सभातर्फ मधेस प्रदेशमा नौ प्रत्यक्ष र सात समानुपातिक गरी १६, लुम्बिनी प्रदेशमा दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ र प्रदेश १ मा १ सिट समानुपातिक प्रतिस्पर्धाबाट ल्याएको छ । यसरी प्रदेश सभातर्फ जम्मा सिट संख्या २० रहेको छ ।

बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend